images
images

सन्दीपले जेल बाहिरै बसेर मुद्धा लड्न पाउने

काठमाडौं– बलात्कार मुद्धा अभियोगमा जिल्ला अदालतबाट दोषि करार भएका क्रिकेटर सन्दीप लामिछाने जेल बाहिरै बसेर पूनरावेदनको मुद्धा लड्न पाउने भएको छन् ।

लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका छन् ।

केही बेरअघि सन्दीपको उच्च अदालतमा पुनरावेदन दर्ता भएको हो । मुद्दा दर्तासँगै उच्च अदालतका रजिस्टारले उनलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंले करणी गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल जसाय, दुई लाख क्षतिपूर्ति र तीन लाख जरिवाना हुने फैसला सुनाएको छ। लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरिपाउँ भनि दिएनको निवेदनमा उच्च अदालतले अनुमति दिएको छ।

पुनरावेदनसँगै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिम जेल बाहिरै बसेर पुनरावेदनको प्रक्रिया अघि बढाउन पाउँ भन्ने निवेदन पनि दिएका थिए।
रजिष्टार मानबहादुर कार्कीले उनलाई जेल बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा दिँदै दर्ता गरेका हुन्।

सन्दिपका वकिल मुराहरि सापकोटाका अनुसार पहिलो पेशी चैत १२ गतेका लागि तोकिएको छ।