images
images
images

कांग्रेसलाई मुलकको भन्दा बढी गठबन्धनको चिन्ता छः एमाले नेता कार्की

काठमाडौं–नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसलाई मुलुकको चिन्ता भन्दा बढी गठबन्धनको चिन्ता भएको दाबी गरेका छन् ।

स्पेस फोरके टेलिभिजनको स्पेस सम्वादमा कुरा गर्दै कार्कीले भर्खरै सम्पन्न महासमिति बैठकको निष्कर्ष नै गठबन्धनलाई कसरी बलियो बनाउनेतर्फ केन्द्रीत रहेको तर्क गर्नुभयो । महामन्त्री गगन थापाले अघि सारेको प्रस्ताव महासमिति बैठकबाट पारित भएपनि केन्द्रीय समितिमा रोकिने उहाँको दाबी थियो । मुलुकका विषयमा विमर्शनै नभएकाले कांग्रेस देशप्रति चिन्तित नरहेको स्पष्ट भएको उनको भनाइ छ ।

नेकपा एमालेको केन्द्रीय समिति बैठकमा भने गठबन्धन दलले भ्रष्टाचार अभियोग लागेकाहरुलाई विभिन्न बहानामा बचाउने गरेकाले यसप्रति पार्टी निर्मम भएर अगाडि बढ्ने विषयमा छलफल भएको कार्कीले जानकारी गराए । पार्टीलाई शुद्धिकरण अभियानतर्फ लैजाने विषयमा सबैको मतऐक्यता रहेको कार्कीको भनाइ थियो ।

एमालेले विभिन्न नेता कार्यकर्ताहरुमाथि विभिन्न किसिमका नैतिक आचरण सम्बन्धि आक्षेप आइरहेकोले त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । क्रमशः विभिन्न काण्डमा नाम जोडिएकाहरु अनुसन्धानको घेरामा आइरहेको कार्कीले जानकारी दिए।

हेर्नुहाेस् नेता कार्कीसँगकाे कुराकानी

https://www.facebook.com/100075757041578/videos/359750966951934

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS