images

सिरहामा सूर्तिजन्य पदार्थ विक्री वितरण प्रतिबन्ध गर्ने निर्णय

सिरहा- भयाभय रुपमा बढी रहेको आत्महत्याको घटना र कुलतमा फसिरहेका बालबालिका तथा युवालाई बचाउन सिरहा नगरपालिकामा बिषालु औषधी र सूर्तिजन्य पदार्थ विक्री वितरण पालिका भित्र नगर्न-नगराउन कार्यापालिकाले निर्णय गरी प्रतिवन्ध गरिएकाे छ ।

अबदेखि नगरपालिका भित्र रहेको पसलहरुमा पान मसाला, गुटका, पानपराग, रजनिगन्धा, राज निवास, चुरोट, सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न पाउने छैनन् । यदि यस्ता पदार्थ विक्री वितरण गरेपाएमा कानून बमोजिम कारवाही र जरिवान हुने नगरपालिकाले निर्णय गरेको हो ।

नगरपालिका भित्र संचालनमा रहेको औषधी पसलहरु बिषालु किसिमको औषधी वडाको सिफारिसमा मात्र विक्री वितरण गर्न पाइनेछ ।

युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार समाज र राष्ट्र समेत विकासमा पछाडी पर्छ। ’लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो’ भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौँ स्वस्थ्य नागरिक राज्यको पुंजी हुन यो नविर्सौ तपाईं हाम्रा छोरा छोरी पनि कुलत र दुर्व्यसनमा फस्न सक्द छन् । यसलाई बेलैमा रोक्न नगरपालिकाले यस्तो कदम चालेको जनप्रतिनिधिहरुमा भनाई छन् ।

जनप्रतिनिधिहरुले लिएका निर्णय केही दिनमै कार्यन्वयन हुने सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । अब नगरपालिकाले पत्र तथा विभिन्न सञ्चार माध्यमबाट जनचेतना गराई विक्री वितरण रोक्न अनुरोध गर्ने यादवले बताए । त्यसपछि पालिकाको अनुरोध पालन नगरे कानून बमोजिमको करवाही हुने उनले थपे ।

यता नगरपालिकाका निर्णयलाई नगरवासिहरुले स्वगत गरेका छन ।