images
images
images

प्रतिपक्ष दलहरुले गरे संसद अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदहरुको अवरोधका कारण बैठक प्रभावित बनेको छ । सभामुखले बैठकको कार्यक्रमका लागि जान अनुरोध गर्दा समेत प्रतिपक्ष सांसदहरुले सदन अवरोध नछोडेपछि बैठक १५ मिनेका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद राजेन्द्र कुमार केसीले प्रतिपक्षले अनौठो नाटक मञ्चन गरेको आरोप लगाएका थिए । बैठकमा उनले भने,’राजेन्द्र कुमार केसी हिजो राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा गणपूरक पुग्छ भने प्रतिपक्षका सांसद बाहिर जानूभयो। प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो। एक बर्षमा एउटा मात्रै विधेयक पेस गर्यो भनेर आलोचना गर्नुहुन्छ।’

त्यसपछि एमालेसहित विपक्ष दलका सांसदहरुले आपत्ति जनाए। सभामुखले बोल्न रोक्न खोजे। तर, सांसद केसीलाई सभामुखले रोक्न खोजेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर विरोध जनाए। होहल्लाकाबीच सांसद केसीले बोले।

त्यसपछि एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको कामप्रति प्रश्न उठाएपछि सत्तापक्षको सांसदहरु लगाएर विपक्षमाथि हिलो छ्याप्ने काम भएको टिप्पणी गरे।

उनले भने, बहुमतको सरकार हो। भने आफूले संसद्मा पेस गरेको विधेयक पास गर्न सक्ने क्षमता नभए नैतिक रुपमा राजीनामा दिनुपर्छ। त्यसैगरि राप्रपा सांसद ज्ञानेन्द्र शाहीकाे भनाइ प्रति नेकपा माओवादीका सांसदले अापत्ती जनाए।

माओवादी माधव सापकोटाको जवाफ सांसद शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिए। त्यसैगरि उनले संसदका सचिवका तीन वटा नागरिकता र दुई पासपोर्टको कुरा प्रतिपक्ष दलले नउठाएको भन्दै आपत्ती समेत जनाएका थिए ।

ृउनले सभामुख देवराज घिमिरेले संक्षिप्त भन्दै मनलाग्दी किसिमले प्रतिपक्ष दलका सांसदहरुलाई समय दिएको प्रति आपत्ती समेत व्यक्त गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS