images

लहरी घरमाथि पल्टिँदा एकै घरका दुई सहित तीन बालबालिकाको मृत्यु

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिको एक घरमाथि लहरी पल्टिँदा दुई बालक सहित तीन जनाको मृत्यु भएको छ । बुढीगंगा वडा नम्बर–४ प्रगती टोलमा लहरी दुर्घटना भएर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृत्यु हुन्मा बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरु सुतेको बेला लहरी गाडी पल्टिँएर ठुलो ढुंगाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो ।