images
images

अवैध बाटोबाट अमेरिका गएका ८ नेपालीलाई डिपोर्ट

काठमाडौं–अवैध बाटो हुँदै अमेरिका छिरेका ८ जना नेपालीलाई डिपोर्ट गरि नेपाल फर्काएको छ । बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए।

८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो।

‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ’ मानव बेचबिखन ब्यरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले भने, ‘उनीहरू के कसरी गएका हुन्, कति रकम बुझाएर गएका हुन् भन्ने विषयमा थप बुझ्दै छौं ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS