images
images

राप्रपा लुम्बीनी प्रदेशका सांसद निलम्बीत

काठमाडौं– राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२ ) बाट निर्वाचित यादवलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई विशेष अदालतमा दायर गरेपछि लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बन गरिएको प्रदेश सभाले जनाएको हो ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगर आज एक विज्ञप्ति जारी गर्दै कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ८ गते मुद्दा दायर गरेकोले उक्त मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन गरिएको जनाएका छन् ।

आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७४÷०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ । लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS