images

१४ किलो सुन प्रकरणः प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं– १४ किलो सुन तस्करी प्रकरणमा काठमाडौं स्थित एक कलेज सञ्चालक पक्राउ परेका छन् । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले कार्यकारी अध्यक्ष गुरुङलाई सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

गत मंसिर २१ गते भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो ।