images

अर्को बैठकमा प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेसँगै संसद बैठक पुनः सुरू

काठमाडौं–प्रमुख प्रतिपक्ष दलहरुको नाराबाजी सहित स्थगित भएको संसद बैठक पुनः सुचारु भएको छ ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो ।

सभामुख देवराज घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेसँगै बैठक पुनः सुचारु भएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी १८ गते बस्ने कार्यतालिका रहेको छ ।