images

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टी परित्याग गरेको घोषणा

काठमाडौं–लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अध्यक्ष महन्थ ठाकुरको एकल निर्णय गर्ने गरेको भन्दै असन्तुष्ट महतो पदाधिकारी मनोनयनप्रति असन्तुष्ट थिए । उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

सोमबार महतोले काठमाडौंम आयोजित कार्यक्रममा भने, ‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन । ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

उनले, बहुराष्ट्रिय राज्यु स्थापनाका लागि आफ्नो अभियान चल्ने घोषणा गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा उनले आजबाट बृहत् प्रशिक्षण कार्यक्रम गर्दैछन् । तीन दिनसम्म यो कार्यक्रम चल्नेछ ।