images
images
images

संसद भवन छिरे लघुवित्तका ऋणीहरु

काठमाडौं–लघुवित्तका ऋणीहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गरेका छन् । संसद बैठक चलिरहेका बेला उनीहरु हुलमुल सहित संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका छन्।

सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको भए पनि उक्त निषेधित क्षेत्र तोडेर उनीहरु संसद भवन प्रवेश गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन् ।

उनीहरु संसद परिसरभित्र छिरेपछि मर्यादापालकहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए।

केहीबेरमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS