images
images
images

वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, चैत २४ गते उम्मेद्वारी दर्ता

काठमाडौं–निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी अगामी चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने छ । साथै मिति २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS