images
images
images

देउवाको निर्देशन, नेविसंघको आन्तरिक विवाद र समस्या समाधान गरेर मात्र बैठक राख्नु

काठमाडौं–नोपली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेविसंघको आन्तरिक विवाद समाधान गरेर मात्रै बैठक राख्न नेविसंद्द अध्यक्ष डुजाङ सेर्पालाई निर्देशन दिएका छन् । मंगलबार नेविसंघ इतरपक्षका नेताहरुले देउवा निवास पुगेर अध्यक्ष शेर्पाले अवैधानिक गतिविधि गरेको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए ।

मंगलबार प्रज्ञा भवन कमलादीमा नेविसंघको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकअघि नेविसंघभित्र आन्तरिक र अवैधानिक गतिविधिलाई लिएर विवाद सिर्जना भएको छ। अध्यक्ष शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा कांग्रेस सभापति लगायतसँग परामर्शबिनै नेविसंघ जिल्ला सभापति तोकेकोजस्ता निर्णय सच्याउन नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूको माग रहेको छ।

सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले जनाएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS