images

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले टस हारेर बलिङमा उत्रियाे

काठमाडाैं- त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्न लागेको हो ।
आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो ।