images

राष्ट्रिय सभाको अध्यक्षकाे लागि अडान नछाेड्न प्रचण्डलाई स्थायी कमिटीको सुझाव

काठमाडौं–राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउनु पर्नेमा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए ।