images

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं–नामिबियाले नेपालालाई दियो २०७ रनको लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे टी-२० अन्तर्राष्ट्रिय खेलमा नामिबियाले नेपाललाई उक्त लक्ष्य दिएकाे हाे।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय ६ रन बनाएको हो । अब नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नामिबियाका जान निकोल लेफ्टी इटनले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी-२० खेलमा उनले ३३ बलमा शतक पूरा गर्दै विश्वक कीर्तिमान बनाएका हुन्।

उनले शतक पूरा गर्दा ११ चौका र ८ छक्का प्रहार गरे।