images

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौं–नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हाे ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।