images
images
images

स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै दुइै वर्ष लाग्छः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् । चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पु¥याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको उनको भनाइ छ ।

उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS