images

संसद् भवन परिसर भित्र छिरेका ४९ लघुवित्त पीडितविरुद्ध मुद्धा चलाइने

काठमाडौं– संसद् भवन परिसरमा छिरेका ४९ जना लघुवित्त पीडितहरूलाई मुद्दा चलाइने भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एकजना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । सोमबार उनीहरु संसद् भवनको गेटमा ड्युटीरत सुरक्षाकर्मीलाई ठेल्दै संसद् भवन परिसरमा प्रवेश गरी नाराबाजी गरेका थिए ।

उनीहरू सबैजनाविरुद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रशासनबाट म्याद लिएपछि अब मुद्दा प्रक्रिया अघि बढ्ने छ । उनीहरूलाई नयाँबानेश्ववरसहित विभिन्न प्रहरी वृत्तको हिरासतमा राखिएको छ । यसअघि सोमबार नै लघुवित्त पीडितहरू संसद् भवन परिसरमा छिरेको प्रकरणमा प्रहरीले छानबिन समिति पनि बनाइसकेको छ ।