images

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला फिल्डिङ राेज्याे

काठमाडाैं- त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई आज जित्नै पर्ने दबाब छ । खेल टियु क्रिकेट मैदानमा खेल सुरू भइरहेकाे छ।

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो। नामिबियासँग नेपाल पराजित भएकाे थियाे ।