images
images
images

बिजुलीको पोल ढलेर मकवानपुरका एक वडाध्यक्षको मृत्यु

काठमाडौं– बिजुलीको पोल ढलेर मकवानपुरमा एक वडाध्यक्षको मृत्यु भएको छ । बिजुलीको पोल ढलेर घाइते भएका मकवानपुरको बकैयाका रामकुमार तितुङको मृत्यु भएको हो।

मकवानपुरको बकैया गाउँपालिका-७का वडासदस्य हुन् । मंगलबार  दिउँसो १ः३० बजे घर अगाडि हिंडिरहेको वेला एक्कासि बिजुलीको पोल ढलेर उनी  गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ। पोलले च्यापिएर घाइते भएका तितुङलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएको थियो।

हेटौंडामा उपचार हुन नसकेपछि भरतपुरको चितवन मेडिकल कलेज लगिएको थियो। भरतपुरमा उपचारका क्रममै गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS