images

राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेद्वार उठाउने निर्णय

काठमाडौं–नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो । माओवादी स्थायी कमिटीका अधिंकाश सदस्यहरुले कोशी प्रदेशमा गठबन्धन दल नेपाली कांग्रेसले धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष नछोड्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा अंक गणितको रुपमा माओवादी पहिलो दल रहेको छ । पूर्व सहमति वेगर माओवादीले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले नपाएको अवस्थामा गठबन्धन सत्ता भत्किने कांग्रेस नेताहरुको भनाइ छ ।

तीन प्रवास प्रदेश समितिका इन्चार्ज ताेकियाे

त्यस्तै माओवादी केन्द्रले तीन वटा प्रवास प्रदेश समितिमा इन्चार्ज तोकेको छ । बुधबार सम्पन्न स्थायी समिति बैठकले इन्चार्जको टुंगो लगाएको हो ।

जसअनुसार प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त तोकिएका छन् भने सहइन्चार्जमा टिबी पाठक चयन भएका छन् ।

यस्तै प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा पम्फा भुसाल चयन हुँदा प्रवास प्रदेश समिति युरोप र अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन भएका छन् ।

माओवादीमा नयाँ कार्यविभाजन यस्ताे छ

कोशी प्रदेश इञ्चार्ज- हरिबोल गजुरेल र सह-इञ्चार्ज सावित्रीकुमार काफ्ले

मधेश- इञ्चार्ज लिलामणि पोखरेल र सह-इञ्चार्ज विश्वनाथ साह

बागमती – इञ्चार्ज अग्नि सापकोटा, सहइञ्चार्ज बाँकी

गण्डकी : इञ्चार्ज दिनानाथ शर्मा, सह-इञ्चार्ज हरिराज अधिकारी

लुम्बिनी : इञ्चार्ज चक्रपाणी खनाल र सह-इञ्चार्ज कुलप्रसाद केसी

कर्णाली : इञ्चार्ज कालीबहादुर मल्ल सह-इञ्चार्ज बाँकी

सुदूरपश्चिम : इञ्चार्ज गिरीराजमणि पोखरेल र सह-इञ्चार्ज बिना मगर

प्रवास : मध्यपूर्व इञ्चार्ज पम्फा भुसाल, भारत इञ्चार्ज लक्ष्मण पन्त, सह-इञ्चार्ज टिबी पाठक,

युरोप-अमेरिका : इञ्चार्ज राम कार्की

विशेष प्रदेश : इञ्चार्ज हितमान शाक्य, सह-इञ्चार्ज यशोदा सुवेदी