images

नेपाललाई पहिलो झड्का, कुशल भुर्तेल शून्य रनमा आउट

काठमाडौं– त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भएका छन् । पहिलो विकेट गुमाएपछि नेपाल केही दबाबमा देखिएको छ । नेदरल्यान्ड्सका भीभीएन किंग्माको बलमा भुर्तेल आउट भएका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्गमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तय गरेको छ ।

नामिबियासँग २० रनले पराजित भएको नेपाललाई आज जित्नै पर्ने दबाब छ ।