images

म्याकुरीमाथि कुटपीट गरेकाे आरोप सर्मिला वाइबा पक्राउ

काठमाडौं–आफूलाई सामाजिक अभियान्ता भन्ने सर्मिला वाइबा पक्राउ परेकी छिन् । वाइबालाई काठमाडौं प्रहरीको अनुरोधमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि कुटपीट गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।