images

फुटपाथ व्यवसायी र नगरप्रहरीबीच झडप,दुबै पक्षका घाइते

काठमाडौं– काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।

फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो । त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ ।

नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए । नगर प्रहरीले एक्कासी बल प्रयेग गरेर दुःख दिएको र ३÷४ जना साथीलाई पक्राउ गरेर लगेको एक फुटपाथ व्यवसायीले भनेका छन् । नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि हामीले प्रतिकार गरेको बताए । नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ७ जना घाइते भएका छन् ।