images

चितवनकाे एक होस्टेलमा १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका,तीन जना पक्राउ

काठमाडौं– चितवनमा १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा बस्दै आएकी कक्षा ८मा पढ्ने १४ वर्षीया छात्रा शनिबार मृत अवस्थामा भेटिएकी थिइन् ।

छात्राको शंकास्पद मृत्यु बारे अनुसन्धान गर्न प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेन रहेका छन् ।

झुण्डेको अवस्थामा खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौंमा बस्छन् । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् । पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।