images

मिटरव्याज पीडितले आज वालुवाटार लगायतका क्षेत्रमा सिटी मार्चपास गर्ने

काठमाडौं–सरकार र मिटरव्याज पीडितबीचको वार्ता निष्कर्ष विहिन भएको छ । विभिन्न ६ बुँदे माग अघि सार्दै पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका पीडितहरु पैदल हिँडेर पीडितहरु काठमाडौं आएका थिए ।

गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा वार्ता समिति बनाएको थियो । तर पीडितहरुले आफ्ना माग प्रति सरकार लचक नभएको आरोप लगाएका छन् । वार्ता निर्णायक नभएपछि आन्दोलनलाई थप सशक्त बनाउन लागेको संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जनाएका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्। मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम छ ।

सरकारले यसअघि सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरेको थियो । त्यसले गरेको काम कारबाही अपूर्ण एवम् विफल भएको पीडितहरूको भनाइ छ।