images
images
images

सांसद ज्ञानेन्द्र शाहीले गरे, रुस-युक्रेन युद्धमा फसेकाहरुको उद्धारका गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले रुस–युक्रेन युद्धमा फसेकका नागरिकहरुको उद्धारका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।प्रतिनिधि सभा नियवामवली,२०६९ को नियम ७१ बमोजिम उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

रुस युक्रेन युद्ध भइरहँदा मानव तस्करहरुले नेपाली नागरिकहरुलाई विभिन्न प्रलोभनमा पारि युद्ध स्थानमा लगि सयौं घाइते र कयौंको मृत्यु भएको प्रस्तावमा उल्लेख गरिएको छ । साथै उनीहरुको तत्काल उद्धार गरि नेपाल फर्काउनका लागि सरकारको ध्यानाकर्षण गर्न उक्त प्रस्ताव दर्ता गरिएको सांसद शाहीले जनाएका छन् । उक्त प्रस्तावको समर्थनमा सांसदहरु विना लामा,अनिशा नेपाली र बिना जैशवाल रहेका छन् ।

हेर्नुहाेस् सार्वजनिक महत्वकाे प्रस्ताव

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS