images

टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

काठमाडौं- मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना भएको हो ।

शुक्रबार बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् । दुर्घटना परि एक जना गम्भीर घाइते छन् ।

बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो भने सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी अन्य दुई जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।