images

सभामुखले गरे सरकारलाई २१ गते संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरले २१ गते बस्ने प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

विपक्षी दलहरुले ६ फागुनदेखि निरन्तर रुपमा बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

यस अघि १४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भए ।

संसदको बैठको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताए ।

दुवै दलका सांसदहरु आ(आफ्नो स्थानमा उभिएपछि सभामुख घिमिरले मिति नै तोकेर २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेपछि सदन अघि बढेको छ।