images

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं- त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले शानदार जित निकालेको छ ।

कीर्तिपुर मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो ।

नेपालको जितमा रोहित पौडेल र गुलसन झाले शानदार ब्याटिङ्ग प्रर्दशन गरे । कप्तान रोहितले ४६ रन बनाउँदा गुलसनले ३८ रनको योगदान गरे । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटिएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । यस्तै, रुलोफ वान डेरले अविजित २३ तथा टिम वान डेरले २४ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बढेको छ । सिरिजको अन्तिम खेलमा भोलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।