images

गठबन्धन दलमा अविश्वासको अवस्था छैनः नेता सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन दलहरुबीच कुनै अविश्वासको अवस्था नरहेको बताएका छन् । तत्कालै गठबन्धनमा कुनै अविश्वासको अवस्था नभएको बताउँदै नेता सिंहले गठबन्धन सरकार सञ्चालन र गठनको लागि भएको समझदारि अनुसार अगाडि बढ्ने बताए ।

आइतबार नेपाली कांग्रेस रत्ननगर चितवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । उनले गठबन्धन राजनीति ईमानदारिताका साथ अगाडि बढ्ने समेत दाबी गरे ।

नेता सिंहले नेपाली राजनीतिमा शन्त नेता पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको जीवनीबाट सिक्न पर्ने अनुशरण गर्दै अगाडि बढ्न सके तमाम समस्याको समाधान निस्कने बताएका छन् ।

नेता सिंहले पार्टी भित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानू पर्ने बताए । अरुलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकाले कांग्रेस जनहरु सचेत रहनु पर्ने बताए । कांग्रेस ठुलो पार्टी भएकाले पार्टीको आन्तरिक जीवनलाई ब्यवस्थापन गर्नुपर्ने बताए । कांग्रेसकै नेताहरुका गतिविधि बोलिचालि सामाजिक संजाललाई प्रयोगमा आफु मात्रै राम्रो देखिने र पार्टी र नेतालाई गालि गरेर बस्ने अवस्था रहेकाले जिम्मेवार बन्न समेत सबैलाई आग्रह गर्दै व्यक्ति पपुलर हुने नाममा पार्टी कमजोर बनाउने काम नगर्न समेत आग्रह गरे ।

फरक प्रसंगमा बोल्दै नेता सिंहले पार्टीका तर्फबाट उमेद्वार भएर निर्वाचित भएका सबै जन प्रतिनिधि र पार्टीकाबीचमा थप प्रभावकारी समन्वय गरेर अगाडि जानू पर्ने तर्फ ध्यान दिनु पर्ने बताउँदै जन प्रतिनिधिले पार्टी कमिटीसँग आवश्यक समन्वयमा ध्यान दिनु पर्ने बताए ।