images

आगलागीमा परि ५२ वर्षीय एक पुरुषको निधन

काठमाडौं–गएराति इटहरी–६ स्थित बीपी चोकमा आगलागी हुँदा घरभित्रै जलेर एक जनाको ज्यान गएको छ।

शनिबार राति ११ः४५ बजे घरमा आगलागी हुँदा ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ । सुतेको अवस्थामा आगलागी भएकाले उनको ज्यान गएको प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए ।

मृतक कटवालको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

आगलागीको कारण खुल्न सकिरहेको छैन। मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलो गरी मात्रै जानकारी पाएको जनाइएको छ। राति नै दमकलले आगो नियन्त्रणमा लिएकाले अन्य घर भने जोगिएका छन् ।