images

पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

काठमाडौं– पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका गौतम र सफललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सालिन पोखरले मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट प्रति असन्तुष्टि जनाउँदै काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो । गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

 सालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । चिकित्सका अनुसार १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । प्रहरी स्राेतका अनुसार  उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएकाे छ ।