images

प्रचण्डको योजनाः राष्ट्रियसभा अध्यक्षमा आफ्नै भाइ नारायण दाहाललाई अघि सार्ने

काठमाडौ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नातामा भाइ पर्ने नारायण दाहाललाइ राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका छन ।

उनलाई स्वतन्त्र उम्मेद्वारको रुपमा अघि सार्ने दाहालको योजना रहेको छ । सरकारले नियुक्ति गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका दाहाललाई स्वतन्त्र उम्मेद्वारको रुपमा अघि सार्दा एमालेको समेत मत तान्न सकिने उनको बुझाइ छ ।

गठबन्धनका दलहरुले आलोपालो सरकार चलाउने पुर्व सहमती अनुसार कांग्रेसले प्रधानमन्त्री पाए माओवादी सत्ताका मुख्य पदबाट बाहिरिने भएकाले राष्ट्रियसभा अध्यक्ष माओवादीबाटै हुनुपर्ने उनको तर्क रहेको उनी निकट माओवादी कार्यकर्ताहरुले बताउन थालेका छन । यद्यपि यो कांग्रेसलाई थर्काउने रणनीति हुन सक्ने धेरैको बुझाई छ ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षसँग भेटघाट बढाउनुले पनि कांग्रेसलाई धम्क्याएर सत्तामा टिकिरहने उनको चाहना राजनीतिक वृत्तमा छताछुल्ल पोखिएको छ । भ्रष्टाचारका फाइल खोल्छु भनेर एमालेलाई पनि साइजमा राखिरहने र आरजु दैउवा राणालाई नक्कली भुटानी शरणार्थी काण्डमा जोगाएको गुन मागेर पोलिटिकल ब्ल्याकमेल गरिरहेको स्रोतको भनाई छ ।

पछिल्लो पटक प्रधानमन्त्री दाहाललाई नातावादको घेरामा रमाएको आरोप पर्टाीकै नेता कार्यकर्ताताले लगाउन थालेका छन । सुदुरपश्चिम सह–इन्चार्जमा बुहारी बिना मगरलाई सेट गर्न खगराज भट्टलाई सम्सदीय दलको नेता र सुप इन्चार्ज बाट हटाउन प्रचन्डले गरेको निर्णयले आफन्त र परिवारका लागि जे पनि गर्न सक्छन भन्ने दृष्टान्त स्थापित भएको छ ।

यद्यपी प्रधानमन्त्री रहिरहने शर्तमा राष्ट्रिय सभा अध्यक्ष पदमा नारायण दाहललाई विराजमान गराउने कुराबाट पछाडि नहट्लान भन्न नसकिने उनकै कार्यकर्ताहरुले बताउन थालेका छन ।

आफ्नो अस्थिरतालाइ गतिशिलताको परिभाषा गर्दै हिँड्ने प्रचण्डले पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे कुरा उठाउने कार्यकर्ताहरुलाई कत्लेआम गर्ने गरेको पार्टीका पदाधिकारी तहका नेताहरुकै भनाइ छ ।