images

प्रदेशका मुख्यमन्त्री पनि फेरिने

काठमाडौं–सत्ता गठबन्धनमा भएको फेरबेदलसँगै सातवटै प्रदेशका मुख्यमन्त्री समेत फेरिने भएका छन् । कांग्रेसलाई बाइफास गर्दै माओवादीले पुनः नेकपा एमालेसहितका दलहरुसँग गठबन्धन गरेपछि प्रदेशका मुख्यमन्त्री समेत बदिलिने भएका हुन् ।

सत्ताघटक नेकपा माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

हाल कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका हुन्।

एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको स्राेतले जनाएकाे छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।