images

रेशम चौधरीले गरे सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको दाबी

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने दाबी गरेका छन् । एमाले सहित बनेको नयाँ गठबन्धन समिकरणमा उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने दाबी गरेका हुन् ।

नयाँ गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिने क्रममा नागरिक उन्मुक्ति, पार्टीका अध्यक्ष पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् ।

तर, आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी हुने सम्भावना नरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि उनले बताए ।