images

प्रधानमन्त्रीले राष्ट्रपतिसँग आग्रह गर्दै भने, नयाँ मन्त्रीको शपथ आजै गराइदिनु

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ मन्त्रीहरुको सूची लिएर राष्ट्रपति भवन शितल निवास पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ मन्त्रीको शपथ ग्रहण आजै गराइदिन आग्रह गरेका हुन् ।

कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।

जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् ।