images
images
images

सशस्त्र प्रहरीका डिएसपी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं– मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्‍पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी धनपालथान गाउँपालिका–३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन्।

उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी चन्द्र कुवेर खापुङले जानकारी दिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS