images

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं–नयाँ गठबन्धन दलका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आइतबार राति अबेरसम्म बसेको बैठकले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । सोही अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।