images

टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

फाइनल भिडन्त मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो । नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा नेपाल तीन स्पर्धामा विजयी हुँदा नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स नेपाललाई उसकै मैदानमा उपाधी उचालेर हराउने रणनीतिमा रहेको छ ।