images
images
images

सरकारसँगको गठबन्धन तोडिएपछि कांग्रेस नेता कोइरालाले भने, हिजोको घटना सामान्य होईन

काठमाडौं–नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारसँगको गठबन्धन तोडिएको घटनालाई सामान्य रुपमा हेर्न नहुने बताएका छन् । डा.कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि जनाएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा मार्फत लेखेका छन,राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।

माओवादीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई सरकारबाट हटाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले,रास्वपा र जसपासँग मिलेर नयाँ सरकार गठन गरेका छन्

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS