images

कर्णालीमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं–केन्द्र सरकारमा आएको फेरबदलसँगै कर्णाली प्रदेश सरकारमा सहभागी रहेका कांग्रेसका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । कांग्रेसबाट सहभागी भएका मन्त्रीहरुले आजै मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेकाे कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले जानकारी दिए ।

कर्णाली प्रदेशको ८ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसका तीन जना मन्त्री रहेका छन् ‌। केन्द्रमा समीकरण बदलिएपिछ सत्तामा बसिरहनुको औचित्य नभएको भन्दै राजीनामा बुझाउन लागेको मन्त्री विसीले बताए ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।