images
images
images

लामो समयपछि ओली-नेपालबीच टेलिफोन सम्वाद, ओली भने सरकारमा आउनुहोस्

काठमाडौं–लामो समयदेखिका एउटै पार्टीमा आवद्ध भइ राजनीतिक सहयात्रा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता भइ बनेको नेकपा हुँदा ओली र नेपालबीचको आन्तरिक द्धन्द्धका कारण पार्टी विभाजन मात्र नभई नेकपा समेत टुक्रिएको थियो । फलस्वरुप करिव दुई तिहाइ बहुमतको सरकार गुमाउन बाध्य बनेका थिए ।

आन्तरिक द्धन्द्धका कारण पानी बाराबार र एकले अर्काेलाई देख्नै नसक्ने गरि तिखो व्यङ्ग्य प्रहार गर्दै आएका दुई अध्यक्षबीच सोमबार टेलिफोन सम्बाद भएको हो । ओलीले नेपाललाई फोन गर्दै पछिल्लो समय बनेको नयाँ समिकरणको सरकारमा आउन समेत आग्रह गरे ।

ओली नेपालको टेलिफोन सम्बाद भएको एमाले महासचिव शंखर पोखरलले पुष्टि गरे । उनले भने, ‘हिजो साँझ प्रधानमन्त्रीजी उहाँलाई भेट्न जानुभएको थियो, हाम्रो अध्यक्षज्यूले पनि फोन गर्नुभएको थियो। अध्यक्षसँग सल्लाह गरेर नै प्रधानमन्त्री उहाँलाई भेट्न जानुभएको हो,’ महासचिव पोखरेलले भने, ‘उहाँसँगको संवाद सकारात्मक भएको छ। समाजवादी सरकारमा आउन सक्छ।’

ओलीले अध्यक्ष नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए। त्यसको आधा घन्टापछि प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कोटेश्वर पुगेका थिए।

उनीहरूले पनि गठबन्धन र सरकारमा सामेल हुन प्रस्ताव गरेको एकीकृत समाजवादीले जनाएको छ । तर नेकपा एसले भने सरकारमा जाने ठोस कुरा नभएकाले निर्णय गरिनसकेको जनाइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS