images

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं–त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपूरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। अहिले नेदरल्याण्ड्स जवाफी ब्याटिङ गरिरहेको छ ।