images

सरकारमा आउन प्रचण्डको प्रस्तावपछि नेपालले बोलाए सचिवालयकाे बैठक

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन अनुरोध गरेसँगै नेपालले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् ।

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको जनाइएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

बुधवार ११ बजे बस्ने सचिवालय बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारे समेत निर्णय हुने छ । एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् ।

साथै लामो समयदेखि सम्वाद नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत माधव नेपाललाई टेलिफोन गर्दै सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।