images

सम्मानजनक ढंगले सहमती गरेर जाऔं भन्ने प्रस्ताव आए सरकारमा सहभागी हुन्छौंः खनाल

काठमाडौं–नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक ढंगले सहमती गरेर जाऔं भन्ने औपचारिक प्रस्ताव आएमा सरकारमा सहभागी हुने बताएका छन् ।

सम्मानित नेता खनालले सरकारमा जान आफ्नो पार्टी सकारात्मक भएको बताउँदै त्यसका लागि उचित खालको सम्मान चाहिने बताए । मंगलबार अपराह्न डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भने,’ एउटा सम्मानजनक ढंगले सहमति गरेर जाऔं भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं । यसलाई सकारात्मक ढंगले नै लिन्छौं । तर हामीलाई संलग्न गरिदिनोस् भनेर त्यो याचना गर्न चाहिँ जाँदैनौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीको उक्त अनुरोधपछि नेकपा एसले भोली सचिवालयको बैठक समेत बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा समेत निर्णय गर्ने छ ।