images

शालिन पोखरेलको अन्त्येष्टि

काठमाडौं–चितवनको रत्ननगर नगरपालिका-१० टाँडीस्थित एकता शिशु निकेतनको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरलेको आज अन्त्येष्टि गरिएको छ ।

फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि उनका परिवारजनले आत्महत्या नभई बलात्कारपछि हत्या गरिएको आरोप लगाएका थिए ।

आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी समेत दिएका थिए । उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई गत मंगलबार पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानका लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद समेत थपेको थियो । उनको शव पोष्टमार्टमका लागि काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । चिकित्सकहरुले शालिनको बलतात्कारपछि हत्या नभई झुण्डिएरै आत्महत्या गरेको मेडिकल रिपोर्ट सार्वजनिक गरेका थिए ।

शालिनको न्यायका लागि भन्दै विभिन्न विद्यार्थी,संघ,संस्था र मानवअधिकारवादीहरुले ऐक्वद्धता गरेको भए पनि अनन्त उनी झुण्डिएरै मृत्यु भएको पुष्टि भएको थियो । मेडिकलको उक्त प्रतिवेदन पश्चात उनका बाबु दीपेन्द्र पोखरेलले शव बुझेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारजनहरुले स्पेस समाचारलाई जानकारी दिएका छन् ।