images

नयाँ गठबन्धनमा भागबण्डाको सकस, गृहमा माओवादी, एमाले र रास्वपाको दाबी

काठमाडौं–पूरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन सरकार बनेको भए पनि मन्त्रालयको भागबन्डा टुंग्याउन भने सकस भइरहेको छ । मन्त्रालयको भागबन्डा टुंग्याउनका लागि अहिले गठबन्धन दलहरुको सामूहिक बैठक जारी रहेको छ ।

माओवादी, एमाले र रास्वपाले मालदार मन्त्रालयमा दाबी गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) ले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। त्यसैगरि एमालेले पनि प्रधानमन्त्री माओवादीले पाएका कारण अर्थ र गृह आफूले पाउनु पर्ने दाबी गरेको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गृह मन्त्रालयमा आफ्नो अडान रहने बताउँदै आएका छन् । रास्वपाले गृहसहितका चार मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेको स्रोतले जनाएको छ ।

मंगलबार विहान मात्रै पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयमा आफू दोहोरिन खाजेकाले सहयोग गर्न अपिल गरेका थिए ।