images
images
images

कांग्रेसले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन

काठमाडौं–नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्रीले कांग्रेसका मन्त्रीहरूलाई हटाएर एमाले, रास्वपा र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि कांग्रेसले यस्तो निर्णय गरेको हो ।

यो सँगै काँग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS